छोरी बलात्कार गरेका बुवाले गरे प्रहरी हिरासतभित्रै झुण्डिएर आत्महत्या

काठमाडौं । छोरी बलात्कारका एक आरोपी हिरासतभित्रै झुण्डिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय पिपराको हिरासतमा बिहीबार बिहान उनी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

शौचालय गएको बेला उनलाई झुण्डिएको अवस्थामा मृत भेटिएको कपिलवस्तु प्रहरीका एसपी दिप शमसेर राणाले लोकपथलाइ बताए । उनले आफँलै ओछ्याएको तन्नाको पासो लागेको राणाले बताए ।

वाणगंगा नगरपालिका ८ का ती व्यक्ति फागुन १८ गते छोरी बलात्कारको आरोपमा पक्राउ परेका थिए । उनलाई फागुन १९ गते म्याद थप गरी प्रहरी हिरासतमा राखिएको थियो । उनले पटक पटक छोरीको बलात्कार गरेको भनि पत्नीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?