बैंकिङ्ग दायित्व पुरा गर्न सधै प्रतिवद्ध छौँ : किरण कुमार श्रेष्ठ (अन्तर्वार्ता)

कठमाडौं । देश कोरोना भाइरसको कारण ठप्प हुन पुगेको छ । समग्र अर्थतन्त्र पछि धकेलिने निश्चित छ । सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले करिब २ प्रतिशतले अर्थतन्त्र संकुचित हुन सक्ने पूर्वानुमान समेत विभिन्न अन्तर्वार्ताबाट अघि सारेका छन् ।

सरकारले गत आइतवार सर्वसाधारणलाई राहतदेखि अन्तर्राष्ट्रिय सहायता परिचालन सम्मको खाका समेत प्रस्तुत गरिसकेका छन् । हालसम्म कोहि पनि कोरोना भाइरसको कारण उत्पन्न हुने मानवीय र आर्थिक संकटको वास्तविक पूर्वानुमान गर्ने अवस्थामा छैन न त सरकार न नीजि क्षेत्र अथवा सर्वसाधारण ।

आधुनिक अर्थतन्त्रमा वित्तिय क्षेत्र र प्रमुख रुपमा बैंकिङ्ग जगतलाई अर्थतन्त्रको ‘इन्जिन अफ ग्रोथ’ मानिन्छ तर कोरोना भाइरसको कारण देशको बैंकिङ्ग जगतले पनि ठुलै संकटको सामना गर्नुपर्ने देखिँदैछ। हाल २७ वाणिज्य बैंकहरु देश भित्र संचालमा छन् र चुनौती तिनीहरु सबैको अगाडी आइपुगेको छ । लगानी र ऋण अब कसरी उठ्ला सबैको चुनौती यहि हो । ग्रोथ भन्दा पनि बैंकहरु अब पुरानो नाफा ‘प्रोफिट’ कसरी ‘रिटेन’ गर्ने र सम्भावित नोक्सानीबाट कसरी जोगिनेमा आफ्नो ध्यान केन्द्रित गर्दैछन् ।

सबै बैंकका आफ्ना चुनौती छन् र यसबीच लामो कसरत पछि बल्ल झण्डै पाँच अर्ब नाफा गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा गर्ने बैंकको रुपमा उदाएको राष्ट्रिय वाणिज्य बैंकमाथि चौतर्फी चुनौती थपिएको छ । भोलि यो बैंकले सरकारी बैंक भएको दायित्व पनि उठाउनु पर्नेछ भने अर्कोतर्फ अन्य वाणिज्य बैंकहरुकोबीच आफ्नो साख र मुनाफा दुवै जोगाउनु पर्नेछ । बैंकलाई दरिलो आधार प्रदान गर्न सफल प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ पनि आगामी चैत २९ गते चार वर्षे कार्यकाल पूरा गरी बिदा हुँदै छन् ।

राष्ट्रिय वाणिज्य बैंकको सर्त र लङरन च्यालेन्जको कस्ता रहलान्? सरकारको बैंकको रुपमा बैंकले बिगतमा डिपोजिट र बिजनेस त ‘इन्जोय’ गर्यो अब ‘रेस्पोसिबिलिटी’को बेला आएको हुँदा कसरी चुनौती व्यवस्थापन गर्छ ? यस्ता विषयमा लोकपथले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) किरणकुमार श्रेष्ठसंग गरको कुराकानीको सम्पादित अंशः

लोकपथः कोरोना भाइरसको कारण देशमा संकटको बादल मडारिएको छ, देश लकडाउन मा छ, नेपाल सरकारको एक मात्र वाणिज्य बैंकको रुपमा राष्ट्रिय वाणिज्य बैंक आजको दायित्व र चुनौती के कस्ता छन् ?

किरणकुमार श्रेष्ठः हामीहरु सरकारको एकमात्र सरकारी स्वामित्वको वाणिज्य बैंक भएको हुँदा निश्चित रुपमा हाम्रो हाम्रो राष्ट्रिय दायित्व पनि बढिने हुन्छ र  साथै हाम्रो ‘करोपोरेट सोसियल’ दायित्व पनि छन् । कोभिड १९ को हाल देखिएको असर प्रारम्भिक असर हो । अझै यसको ग्रयाभिटी बढ्न सक्ने अनुमान गर्न सकिन्छ र यसले अझै ठुलो प्रभाव पार्न सक्ने देखिन्छ तर दायित्वको रुपमा हामीले सरकार र केन्द्रिय बैंकले भने अनुसारको रिलिफ प्रदान त हामी गर्छौ नै यसको अलावा हाम्रो आफ्नै क्षमताले पनि कस्टमरलाई थप के गर्न सकिन्छ त्यो हामीले हेर्नुपर्ने हुन्छ ।

सरकारको राहत कोषमा हामीले प्रारम्भिक रुपमै केन्द्रिय स्तरमै १ करोड ५० लाख जम्मा गरि सकेका छौ, सातै वटा प्रदेशबाट पनि हामीले सामाजिक उत्तरदायित्व कोष बाट सहयोग गर्ने नीति अघि सारेका जे सकिन्छ छौ । यसका साथै हामीले हाम्रा शाखाहरुलाई समेत स्थानीय स्तरमा सक्दो सहयोग गर्न निर्देशन दिएका छौ र सहयोग प्रदान गरिरहेको स्थिति पनि छ ।

लोकपथः राष्ट्रिय वाणिज्य बैंक ७७ वटै जिल्लमा पुगेको एक मात्र बैंक हो , देशैभरि ठुलो डिपोजिट बेस छ, सरकारी र सर्वसाधारण दुवै खाताधारक वाणिज्य बैंकमा निर्भर छन् । देशमा लकडाउनको असहज परिस्थिति छ । यत्रो ठुलो नेटवर्क र कोर बैंकिङ्ग संचालन कसरि व्यवस्थापन गर्दै हुनुहुन्छ ।

किरणकुमार श्रेष्ठः बैंकिङ्ग कारोवार कसरी निर्वाध रुपमा संचालन गर्ने भन्ने हालेको चुनौती हो । अहिले हामीले उपत्यका बाहिरको हकमा प्रादेशिक र शाखाहरुलाई समेत स्थानिय प्रशासनको कोअर्डिनेशन बैंक संचालन गर्न र कसैको पनि जरुरी काम नरोक्ने गरि बैंक संचालन गर्न निर्देशन दिएका छौं । उपत्यकाकै हकमा पनि हामीले सेन्टरहरु समेत बनाएका छौँ । त्यस्तै हेड अफिसमा पनि एउटा अलग्गै इमर्जेन्सी स्क्वाड खडा गरका छौ । कुनै पनि हालतमा राष्ट्रिय वाणिज्य बैंकको सेवा प्रभावित नहुन दिन सक्दो प्रयास गरि रहेका छौ ।

लोकपथः परिस्थिति कस्तो हुन्छ त्यसको ठोस आँकलन गर्न सक्ने अवस्था त छैन तर एउटा कुरा निश्चत हो । अब सरकारले ठुलो मात्रामा राष्ट्रिय वाणिज्य बैंक बाट डिपोजिट निकाल्ने निश्चित छ । अब त राष्ट्रिय वाणिज्य बैंकलाई तत्काल तरलता व्यवस्थापनको ठुलो चुनौती देखिन्छ ? डिपोजिटरको पनि अन्य आम्दानी नहुँदा श्रोत भनेको सेविङ्ग नै हो डबल चापको मार त निश्चित देखिन्छ कसरि डिमाण्ड र सप्लाई म्यानेज गर्नुहुन्छ ?

किरणकुमार श्रेष्ठः धेरै कुराको अनुमानहरु हामीले पनि गरि रहेकै छौ, सरकारी फन्ड विथड्रको बिशेष रणनीति हामीले बनाउदैँ छौँ यसको विकल्प पनि हामीले खोज्दै छौ, ग्रामिण भेगमा अझै डिपोजिट कलेक्ट हुनसक्ने अवसर छन् र जुन सस्टेनेवल पनि हुन्छ । बजारमा ब्याजदर अझै कम्पयापेटिभ बनाउन हामी सक्छौ । अर्को कुरो सरकारले रकम निकाल्ने मात्र होइन विभिन्न ढंगले नयाँ फण्डिङ पनि गर्छ जुन हामी माध्यमबाटै हुन्छ र त्यसले पनि ‘ब्यालेन्स’ गर्न मद्दत गर्छ ।

लोकपथः नेपालको मनी मार्केटमा बिशेषगरि इन्टर बैंक मार्केटमा राष्ट्रिय वाणिज्य बैंक एउटा ठुलो खेलाडी हो, ब्याजदरलाइ प्रभाव पार्न सक्ने खेलाडी तर आँफैलाइ तरलता को धौधौ पर्यो भने त सबै २७ वटै वाणिज्य बैंकहरुको कस्ट अफ फन्ड र इज अफ फन्डमा असर पर्लानी ?

किरणकुमार श्रेष्ठः इन्टर बैंक लिक्युडिटि म्यानेजमेन्टमा राष्ट्रिय वाणिज्य बैंकको लिक्युडिटि स्ट्रेन्थका कारण धेरै नै सघाउ पुगिरहेको निस्चित नै हो । अब नयाँ परिस्थितिमा नयाँ खालको च्यालेञ्ज चै छ यसमा हामी लगायत सबै बैंङ्कहरुले होमवर्क गर्न जरुरी छ अहिले यसै तुरुन्त तुरुन्तै यस्तो हुन्छ भन्ने अवस्था पनि अहिले छैन ।

लोकपथः सरकार अहिले दबाबमा छ र अब लगातार राहतको स्कीम ल्याउनु पर्ने छ बिशेष गरेर मध्यम वर्ग र वेरोजगार , किसान र गरिब लक्षित र सारकारले यसको उपाय भनेको सहुलियत कर्जाको रुपमा अघि सर्ने छ र सरकारको बैंङ्कको रुपमा यो एउटा ठुलो चुनौती तपाईंहरुलाई आउने निश्चित छ ? राष्ट्रिय वाणिज्य बैंकले कतिसम्म यस्तो सफ्ट लोन फरवार्ड गर्न सक्ला ?

किरणकुमार श्रेष्ठः सहुलियत कर्जामा हाम्रो स्टक अहिलेनै ५० प्रतिशतको छ, अब सरकारले बैदेशिक रोजगारीमा जान नपाउने लगायतलाइ सहुलियत कर्जा दिने जस्तो घोषणा गरको छ । यसले हामीमा निश्चित रुपमा चाप बढ्छ सरकारी बैंङ्क हुँदा हाम्रो पनि प्रमुखताकै विषय हो यो, तर अब केहि समय ठुला प्रोजेक्ट लोनको प्रेसरहरु पनि त कम हुन्छन, त्यो फन्डलाइ हामीले यतापट्टि डाइभर्ट गर्नु पर्ने हुन्छ साथै अब यसको लागि जनशक्तिहरु थपेर विशेष टिम र विभाग नै गठन गरेर यसमा चै हामीले काम गर्नु पर्छ, यो नेसनल कन्सर्न को विषय हो ।

लोकपथः एउटा रुघ्न बैंकलाइ बल्ल ५ अर्ब मुनाफा गर्ने बैंक भएको थियो, यस्तो विषम परिस्थिति आइलाग्यो, सोसियल र मोरल रेस्पोनसिबिलिटी पनि छ भने अर्को तर्फ व्यवसायको लागत देशभरी नै बढने निश्चित छ । कतै बैंक फेरी घाटा मा त जाने हैन ?

किरणकुमार श्रेष्ठः साह्रै दुखका साथ हामी यो सुखद पोइन्टमा राष्ट्रिय वाणिज्य बैंक आइपुगेको निश्चित हो, बैंकले अब झन जम्प गरेर जाने सोच बनाई रहेको अवास्थामा यो विषम खालको परिस्थितिहरु खडा भयो, यसको अबको चुनौती हो, हाम्रो गत बर्ष को ५ अर्ब ४ करोड को मुनाफा यो बर्ष कायम राख्न हामी प्रयास गर्ने छौ तर एउटा कुरा के भने राष्ट्रिय वाणिज्य बैंकको आज स्टेन्थ पनि धेरै छन् । सोचेको जति मुनाफा नहोला तर ग्रोथमा ठुलो असर अवश्य आउँदैन ।

लोकपथः राष्ट्रिय वाणिज्य बैंकको आजको दिनमा रिजर्भ पोजिसन र अन्य सेफ इक्प्मेन्ट पोजिसन कस्तो छ जसले तपाइको मुनाफामा ठुलो धक्का नलाग्ने कुरा विश्वास गर्न सकिएला ?

किरणकुमार श्रेष्ठः हेर्नुस हाम्रो रेसियोहरु कम्फटेवल पोजेटिभ छ, सिसिडि रेसियो हाम्रो ७३ प्रतिशत छ र सिडि रेसियो ७५ प्रतिशत छ । तरलता र पुँजीको लागत दुवैमा हामी कम्फटेबल पोजिसन मै छौ । त्यसैले पनि राष्ट्रिय वाणिज्य बैंक सनातिना सक सजिलै अब्जर्भ गर्न सक्ने अवस्थामा छ ।

लोकपथः आगामी चैत २८ गते तपाईको पनि चार वर्षे कार्यकाल पूरा हुँदैछ, नयाँ आउने सिइयो को अब को कार्यकाल टफ जब पो हुने भयो त ?

किरणकुमार श्रेष्ठः अब यो चै एकदम कस्तो बेलामा कोइन्सिडेनट पर्या भन्ने बैंकिङ्ग जगतमै दवाव छ र राष्ट्रिय वाणिज्य बैंकमा पनि छ । यस्तो अबस्थामा मेरो पनि २८ गते बाट कार्यकाल समाप्त हुँदैछ । अवश्य पनि नयाँ आउने सिइयोको चुनौती ठुलो छ तर हामी सिइयोहरुका लागि यो अवसर पनि हो ।

लोकपथः अन्त्यमा हामी यहाँको सफल कार्याकालको लागि बधाई दिँदै आगामी दिनमा नेपालको मनी मार्केटको कुन कम्पोनेन्टमा हामीले तपाइलाई एज अ लिडर देख्न पाउँछौँ ।

किरणकुमार श्रेष्ठः अब मलाई के लाग्छ भने म बैंकिङ्ग सेक्टरमा नै हुन्छु भन्ने यहाँहरुले बुझ्नु भए हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?