काठमाण्डौं एयरपोर्टमा किन बाँडियो गुलावको फूल ? (फोटोफिचर)

काठमाण्डौं, २ असोज ।फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानको रजतजयन्तीको अबसर पार्दै त्रिभुवनअन्तर्राट्रिय बिमानस्थलबाट आउने र जाने गरि ५ हजार भन्दा बढी स्वदेशीतथा बिदेशीयात्रुलाई पुष्प गुच्छा बितरण गरिएको छ ।फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सम्पन्न पुष्प तथा पुष्पजन्य बस्तुहरुको प्रयोगकालागि जनचेतना जगाउने कार्यक्रममा पुष्पब्यबसायीको बाक्लोे उपस्थिती रहेको थियो । स्वदेशमाउत्पादनहुने पुष्प तथा पुष्पजन्य बस्तुको प्रयोग गरौं र बताबरणलाई स्वच्छ राखौं भनेर सर्वसाधारणलाई जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । कार्यक्रममा गुलाब, जर्बेरा लगायत अन्य कट फ्लावरको गुच्छा प्रदानगर्दै यात्रुहरुलाई स्वागत गरिएको थियो ।अन्तराष्ट्रिय टर्मिनलमा३ हजार र आन्तरिक टर्मिनलमा २ हजार यात्रुहरुलाई पुष्प गुच्छा प्रदान गरिएको थियो । पुष्प ब्यबसायको बजार प्रबद्र्धन गर्न यस्तो किसिमको जनचेतना मूलक कार्यक्रमले ब्यबसायीलाई फाइदापुग्ने पुष्प ब्यबसायी तथा ग्लोबल फ्लोराका अध्यक्ष संजीब कार्कीले बताए । खुशी र दुखको जुनसुकै बेलामा पनि प्रयोग गरिने पुष्पजन्य बस्तुहरुको प्रयोगलाई ब्यापकबनाउँदै नेपाली उत्पादनको प्रयोग अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने लक्ष फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।           

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?