साहित्यकार पागलको निधन

काठमाडौं । पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ । एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो ।

उनी निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध रहेका थिए । उनका ११ कृति प्रकाशित छन् ।

हाल उनले उराँव जातिका बारेमा लेख्दै गरेको डा भीम खतिवडाले जानकारी दिए ।

उनको आजै इटहरीस्थित बूढीगङ्गाघाटमा दाहसंस्कार गरियो । उनका छ जना छोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?