हेर्नुहोस् २०७६ साल चैत्र २० गतेको राशिफल

काठमाडौं । वि.सं. २०७६ चैत्र २० गते । बिहीवार । इ.स.२०२० अप्रिल ०२ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा ।

चैत्र शुक्लपक्ष । तिथी– नवमी,२१ बजेर १४ मिनेट उप्रान्त दशमी । नक्षत्र– पुनर्वसु,१४ बजेर ३२ मिनेट उप्रान्त तिष्य । योग– अतिगण्ड,१० बजेर ५६ मिनेट उप्रान्त सुकर्मा ।

करण– बालव,०९ बजेर ४९ मिनेट उप्रान्त कौलव,२१ बजेर १४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा सिद्धि योग ।

चन्द्रराशि–मिथुन,०८ बजेर ३८ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय ६ बजेर ५५ मिनेटमा, सूर्यास्त १८ बजेर २१ मिनेटमा । दिनमान ३१ घडी ०४ पला । श्रीरामनवमीव्रत । श्रीरातजयन्ती । श्रीरामयात्रा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफ्नै भन्नेहरुले आश्वासन बाँड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ ।

राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला ।

सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राम्रा तथा परिणाममुखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ ।

लेख तथा रचनाको माध्ययमबाट संस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपुर्ण रहनेछ । प्रेममा नजिक हुन सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

साथीभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला ।

बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ ।

विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

महत्वकांक्षी तथा ठूला योजनाहरु तत्काल शुरु नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ ।

अनावश्यक काम तथा यात्रा नगर्नुनै राम्रो रहेको छ,नराम्रा घट्नाहरु हुन सक्छन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ ।

अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी वौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ ।

कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्थी काम गरी लक्ष्य पहिल्याउन सकिनेछ ।

प्रेममा नजिक हुन सकिनेछ । तर पनि सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ ।

प्रशासनिक काममा केही ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा मन जानेछ । तरपनि स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पूरा गर्न निकै संघर्ष गर्नुपर्नेछ ।

आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

अतिथिको रुममा सम्पान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ ।

पढाई लेखाईमा गरीएको मिहेनतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । राम्रोसँग मिहेनत गर्नेहरुका लागि समय फलदायी रहनेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने बिभिन्न वस्तु तथा उपाहार प्राप्त हुनेछ ।

आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्षित गर्नेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?