२०७६, १९ चैत्र बुधबार २२:०९

कोरोना कोषमा प्रदेश १ सरकारद्वारा ११ करोड संकलन


प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार २२:०९

विराटनगर । कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागिप्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा ११ करोड रुपैयाँ बढी संकलन भएको छ ।

यो कोषमा प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेको छ भने सामाजिक संघसंस्था, बैंक, वित्तिय संस्था र व्यक्तिहरुले एक करोड ९४ हजार रुपैयाजम्मा गरेका छन्् । कोषमा मन्त्रिपरिषद्का सदस्यहरु र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् । त्यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखले एक लाख २१ हजार, प्रदेशसभा सदस्यहरुले २२ लाख ३० हजार, राउत कन्ट्रकसन सर्भिसले ११ लाख, हुलास वायरले ११ लाख, अरिहन्त मल्टिफाइवरले ११ लाख, रघुपति जुटमिलले १० लाख रुपैया जम्मा गरेका छन् ।

त्यस्तै सिद्धार्थ बैङ्कले १० लाख, सिटिजन्स बैङ्क इन्टरनेशनलले ७ लाख, कृषिविकास बैङ्क लिमिटेडले ५ लाख, नेपाल बैङ्क लिमिटेडले ५ लाख, ट्रान्स नेपाल फ्राइट सर्भिसेजले ५ लाख रुपैया जम्मा गरेका छन् । एस आइ डी वि एलबाट दुई लाखदुई हजार, प्रदेश लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरुबाट २० हजार र रामचन्द्र प्रसादबाट २० हजार रुपैया कोषमा जम्मा भएको छ ।

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागिप्रदेश सरकारलेकोषको स्थापना गरेको हो । कोषराष्ट्रिय बाणिज्य बैङ्क विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१मा जम्मा गर्न तथाफोन पेबाट पनि रकमजम्मा गर्न सकिने मुख्यमन्त्रीकार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस