अज्ञात समूहद्वारा एक व्यापारीको हत्या

काठमाडौं । तल्कोट गाउँपालिकामा एक व्यापारीको अज्ञात समुहद्घारा हत्या भएको छ । मंगलबार राती तल्कोट गाउँपालिका वडा नम्बर १ का ७६ बर्षिय व्यापारी डबल बहादुर कुँवरको अज्ञात समूहद्धारा हत्या भएको हो ।
पसल बन्द गरेर सुतेका कुँवरलाई सामान किन्ने काम छ भन्दै पसल खोल्न लगाइ काठले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरी ले जनाएको छ । प्रहरीका अनुसार टाउकोमा गम्भीर चोट लागेका कुँवर बुधबार बिहान मृत अवस्थामा भेटिएका थिए ।

सडक छेउमा रहेको पसलमा अज्ञात समूहले सामान किन्ने निहुँमा पसल खोल्न लगाइ हत्या गरिएको हुनसक्ने स्थानियको अनुमान छ । हत्यापछि कुँवरको पसलबाट एक डण्डा चुरोट लगायत अन्य सामग्री पनि चोरी भएको छ । मृतक कुँवरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएकोे जनाएको छ ।

राती सुतेका कुँबरलाई समान किन्ने निहुँमा अज्ञात समुहले पसल खोल्न लगाई काठले पटक पटक टाउँकोमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर नेत्र बोहराले बताए । शंकास्पद २ जनालाई अनुसन्धानका लागि पक्राउ गरेका छौ छिट्टै घटनाको अनुसन्धान गरी दोशिलाई र्काबाहि गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?