दाङ, २२ माघ । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले पार्टी एकताका लागि एमाले र माओवादी दुवैले अहिलेको अडान त्याग्नुपर्ने बताएका छन् दाङको घोराहीमा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महराले पार्टी एकताबाट पछि हट्ने छुट नभएको भन्दै दुवैले अडान छाड्नुपर्ने बताए उनले भने, ‘पार्टी एकता गर्दा संख्या महत्वपूर्ण कुरा होइन, विचार र राजनीतिलाई केन्द्रमा राखेर गर्नुपर्छ ।’उनले पार्टी एकतामा निर्वाचनमा साझेदारी गरेको जस्तो ६०–४० वा ७०–३० को भागवण्डा लागु नहुने बताए । नयाँ पार्टी निर्माणमा पुरानो संख्याको कुनै औचित्य नहुने उनको भनाइ थियो निर्वाचन मार्फत जनताले पार्टी एकताको म्याण्डेट दिएकाले एकताबाट पछि हट्ने छुट कसैलाई नभएको उनको भनाई थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया