घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाली बजारमा तेलको मूल्य घटेको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा गिरावट आएसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको नेपाल आयल निगमले जनाएको छ ।

बुधवार राति १२ बजेबाट पेट्रोलियम पदार्थमा मूल्यमा कमि गर्न लागेको निगमले जनाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य साविकको खुद्रा मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट मूल्य अनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमट्टतिेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य कमि आएसँगै प्रतिलिटर ९६ रुपैयाँ कायम भएको छ । भने डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रति लिटरमा झरेको आयल निगमले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?