बालुवाटारमा ओली र प्रचण्डबीच भेटघाट, यस्तो भयो कुराकानी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

भेटघाटको क्रममा नेपालमा कोरोना रोग नियन्त्रणका लागि चाइनाबाट खरिद गरिएको स्वास्थ्य उपकरण तथा औषधी बारेका कुराकानी भएको छ । त्यस्तै कोरोनाको कारण नेपालमा परेको असरका विषयमा समेत चर्चा गरेका थिए ।

नेपाल भारतको सीमानाको दार्चुलामा रहेका नेपालीहरुको समस्याको बारेमा समेत कुराकानी भएको थियो ।

त्यस्तै कोरोनाको कारण गॉऊघरका किसान मजदुर र बिपन्न बर्गमा राहत तथा व्यवस्थापनका बारेमा समेत दुइ अध्यक्षबीच चर्चा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?