एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं । सुनसरीको घोपाली टोलमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ गइरहेको को १ च ९६०५ नम्बरको बिरामी बोकेको एम्बुेन्सलले को १६ प २०६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मधेशा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी रत्ना श्रेष्ठको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएकी स्वास्थ्यकर्मी श्रेष्ठको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?