काठमाडौंमा मेघ गर्जनसहित भारी वर्षा, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा भएको छ । देशमा पश्चिमी वायुको प्रभावका कारण काठमाडौंको मौसम धुमिल थियो । सडक छेउछाउका रुखहरु मज्जैले हल्लिएका छन भने कतिपय स्थानमा रुखका हाँगा बिगा र पात सडकमा झरेका छन् । काठमाडौंको अहिलेको तपक्रम २३ डिग्री सेल्सीयस रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको पश्चिम भू-भागमा आँशिक देखि सामान्य बदली तथा पुर्वी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

चैत्र १९ गते (बुधबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एकरदुई स्थानमा र मध्य र पूर्वका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

चैत्र २० गते (बिहीबार)

दिउँसोः देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी भू-भागमा अपरान्ह पछि एकरदुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

चैत्र २१ गते (शुक्रबार)

दिउँसोः देशका पुर्व र मध्यका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा सामान्यतया मौसम सफा रहने देखिन्छ।

रातीः देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पश्चिमी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?