प्रदेश ६ मा आकांक्षी धेरै हुँदा संसदीय दलको नेता चुन्न सकस

सुर्खेत, २२ माघ । प्रदेश नं ६ मा कुनै पनि दलले अहिलेसम्म संसदीय दलको नेता चयन नगरेर बैठकमा सहभागी भएका छन् प्रदेश नं ६ को पहिलो अधिवेशन बसिसक्दा पनि दलहरुले संसदीय दलको नेता चुन्न नसक्दा आइतबार भएको ऐतिहासिक प्रदेशसभाको बैठकमा सबै दलहरुको तर्फबाट प्रतिनिधिमूलक सहभागिता जनाए यो प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन वाम गठबन्धनभित्रका दुई ठूला दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)मा आकांक्षी धेरै भएपछि प्रदेश सरकार गठन तथा संसदीय दलको नेताको नाम टुङ्गो लगाउन कठिन भएको छ यी दुई दलबीच भएको सहमतिअनुसार एमालेको भागमा सभामुख र माओवादी केन्द्रको भागमा मुख्यमन्त्री परेको छ आकांक्षीहरु बढेपछि संसदीय दलको पदाधिकारीका उम्मेदवार चयन गर्न पनि त्यत्तिकै सकस परेको छ । प्रथमतः संसदीय दलको नेता चयन गरेपछि मुख्यमन्त्रीको उम्मेदवार तय गरिने माओवादी केन्द्रका सांसद कृष्णा शाहले जानकारी दिइन उनले भनिन्, ‘लगत्तै राष्ट्रियसभाको चुनाव भएकाले केही ढिला भएको हो, छिट्टै संसदीय दलको नेता तथा अन्य पदाधिकारी चयन गर्छौं ।’माओवादीभित्र संसदीय दलको नेताका लागि जुम्ला प्रदेश (क) का प्रदेश सांसद नरेश भण्डारी र कालीकोटका प्रदेश (ख) प्रदेश सांसद तथा निवर्तमान ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले दाबी गरिरहेका छन् प्रदेश नं ६ मा एमाले र माओवादी केन्द्रभित्र धेरै आकांक्षीका कारण सरकार तथा संसदीय दलको नेता तथा पदाधिकारी चयन प्रक्रिया लम्बिएको हो प्रदेशसभाका बैठकले सभामुखको चयनको मुख्य कार्यसूची तय गरेपछि प्रमुख राजनीतिक दलका बीचमा समेत छलफल प्रारम्भ भएको छ वाम गठबन्धनमा सभामुखका लागि यो प्रदेशमा एमाले र उपसभामुखमा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भएको छ । सभामुखमा एमालेबाट हेभिवेटका नेताले खासै इच्छा देखाएका छैनन् यसअघिको संसदीय दलको बैठकबाट माओवादीलाई मुख्यमन्त्री नछोड्ने निर्णय गरेको एमालेले पार्टी केन्द्रको निर्णय बमोजिम माओवादी केन्द्रलाई मुख्यमन्त्री छोड्ने भएको हो एमालेभित्र दलको नेताको टुङ्गो नलागी सभामुखको टुङ्गो नलाग्ने देखिएको छ । एमालेका हेभिवेटका सांसदहरु यमलाल कँडेल र प्रकाश ज्वालाले सभामुखभन्दा संसदीय दलको नेतामा बढी आकांक्षी भएकाले सभामुखको उम्मेदवार टुङ्गो नलागेको बताइएको छ वरिष्ठ नेताको ध्यान दलको नेतामा भएकाले सभामुखमा भने एमाले मुगुका सांसद चन्द्रबहादुर शाहीले दाबी गरेका छन् । शाहीले भने, ‘एकपटक प्रतिनिधिसभामा प्रतिनिधित्व गरिसकेकाले मेरो दाबी सभामुखमा रहेको छ ।’माओवादी केन्द्रले भने उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । उपसभामुख चयनका सम्बन्धमा छलफल जारी रहेको र केही दिनभित्रै उम्मेदवार चयन गरिने माओवादी केन्द्रका ६ नं प्रदेशका संयोजक मायाप्रसाद शर्माले जानकारी दिए एमालेले सभामुखको नाम टुङ्गो लगाएपछि आफूहरुले पनि उपसभामुखको उम्मेदवार टुङ्ग्याउने शर्माले बताए माओवादी केन्द्रका तर्फबाट उपसभामुखमा रुकुमकी सांसद विमला केसी, सुर्खेतकी सांसद सीता नेपाली र जाजरकोटकी सांसद कृष्णा शाहले आकांक्षा व्यक्त गरेका छन् सबैभन्दा कान्छो प्रदेशका रुपमा रहेको यो प्रदेशमा यही माघ २९ गते सभामुख चयन गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?