कालीमाटीमा अत्यासलाग्दो भीड, कांग्रेस नेता जोशीले दिए यस्तो सुझाव

काठमाडौं । कालीमाटी तरकारी बजारमा अत्यधिक भीड देखिन थालेको छ । सरकारले २५ जना भन्दा जम्मा हुन रोक लगाएको भएपनि कालिमाटीमा देखिएको भिडले अत्तालिनुपर्ने स्थिति सृजना गरेको हो ।

कांग्रेस नेता नवीन्द्रराज जोशीले कालीमाटीमाा लगभग १ पटकमा १०० देखि २००को संख्यामा तछाडमछाड गर्दै गएको देखिएको भन्दै यसबाट स्थानीयहरु त्रसित बनेको बताएका छन् ।

उनले यस्तो अवस्था रोक्न निम्न सुझाव दिएका छन् :

१. तरकारी बजारलाई दुईभागमा बिभाजित गरेर एकपटकमा २५ जना पठाउने दूरी कायमगर्ने ।

२.तरकारी विक्रेताहरुले पञ्जा र माक्स अनीवार्यरुपमा लगाउने र स्यानिटाइज गर्ने ।

३.तरकारी किन्न जानेहरुलेपनि पञ्जा माक्स र स्यानिटाइज गर्ने ।

४.तरकारी बजार व्यवस्थापन समितिले ट्याङ्कीमा पानी ,साबुन र स्यानिटाइजको व्यवस्था गर्ने र समदूरीका निम्ति रेखा कोर्ने ।

यो भोलि बिहानैबाट कार्यान्वयनका निम्ति सबैमा आग्रह सहित सरकार समक्ष माग गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?