मन्दिरको दियोबाट साडीमा आगो सल्किएपछि जलेर मृत्यु

काठमाडौं । आगोले पोलेर एक महिलाको मृत्यु भएको छ । गोलबजार नगरपालिका १ की ५५ वर्षीया देव सुन्दरी देवी यादवको आगलागीमा परी मंगलबार दिउँसो मृत्यु भएको हो ।

बलडाँडास्थित सलहेश मन्दिरमा पूजा गर्ने क्रममा बालेको दियोबाट उनले लगाएको साडीमा आगो सल्किएको थियो । आफ्नै साडीमा सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी यादवको भूमिजा अस्पताल गोलबजारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?