लोकप्रियता बटुल्दै अभिनाष घिसिङको ‘माथिल्लो लेकमा’ (भिडियोसहित)

काठमाडौं । गायक अभिनाष घिसिङले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘माथिल्लो लेकमा’ बोलको गीतमा अभिनाषलाई स्वरमा सुबानी मोक्तान र अराज केशवले साथ दिएका छन् ।

युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा सुवानी मोक्तान, अराज केशव, डिजे तेन्जिङ र शहदेव चन्दको फिर्चड रहेको छ ।

गायक अभिनासकै शब्द सृजना र संगीत रहेको उक्त गीतमा अराज केशवको र्याप भर्सनको शब्द सृजना र संगीत रहेको छ ।

त्यस्तै माथिल्लो लेकमा बोलको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् भने भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ । गीतमा रसियन कलाकारको पनि अभिनय देख्न सकिन्छ।

सुप्रिम पराजुलीको सम्पादन रहेको सो म्युजिक भिडियो मोहित मुनालले निर्माण गरेका हुन् । उक्त गीतको म्युजिक कन्सेप्ट भने डिजे तेन्जिङको रहेको छ ।

अहिले सामाजिक सञ्जालमा जताततै यस गीतले तारिफ बटुलिरहेको छ । हुन थालेको छ । सामाजिक सञ्जाल टिकटकमा त झनै यो गीत फेमस बनेको छ ।

६ मार्च सन् २०२० मा सार्वजनिक भएको उक्त गीत धेरैले मन पराएका छन् । गीतले यसबेला अत्याधिक लोकप्रियता कमाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?