हेर्नुहोस् २०७६ साल चैत्र १९ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७६ चैत्र १९ गते । बुधवार । इ.स.२०२० अप्रिल ०१ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा ।

चैत्र शुक्लपक्ष । तिथी– अष्टमी,२२ बजेर १६ मिनेट उप्रान्त नवमी । नक्षत्र– आद्रा,१४ बजेर ४६ मिनेट उप्रान्त पुनर्वसु । योग– शोभन,१६ बजेर ५८ मिनेट उप्रान्त अतिगण्ड । करण– भद्रा,१० बजेर ३७ मिनेट उप्रान्त बव,२२ बजेर १६ मिनेट उप्रान्त बालव ।

आनन्दादिमा मुशल योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय ६ बजेर ५६ मिनेटमा, सूर्यास्त १८ बजेर २० मिनेटमा । दिनमान ३१ घडी ०० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

प्रतिस्पर्धामा सहभागि हुनु परेपनि प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ । दाजुभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सुनिने सुखद समाचारले उत्साहित होईनेछ ।

प्रेमिल जोडी हरुका लागि समय उत्तम रहेको छ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

नयाँ तथा रचानात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । सामाजिक काममा होमिने हरुका लागि समयले साथ दिनेछ ।

अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुसी हुनेछन् । प्रमेमा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहेको छ ।

सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

पढाई लेखाईमा ध्यान नदिँदा अरुभन्दा पछि परिनेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पत्तीको प्रयोग मार्फत न्युन धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट अंक ल्याउँदै अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।

माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । भौतिक सम्पत्ती हात लागि हुने योग रहेको छ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कृषी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । भूमि,बाहन तथा पैत्रिक सम्पत्तीमा ह्रास आउन सक्छ । आफ्नै मिहेनतले जीवन शैलिमा सुधार ल्याउन सकिनेछ ।

माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईमा राम्रो प्रगती गर्न सकिनेछ भने पढाई कै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ ।

माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म संस्कृती तथा रितीरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धी तत्काल हात नलाग्न सक्छ ।

भौतिक सम्पत्ती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । धार्मिक तथा अध्ययनको शिलशिलामा हुने यात्रा स्थगित हुनेछ । स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

घरायसि सेवा सुविधाको उपयोग गरी अगाढी बढ्न सकिनेछ । आफन्त तथा साथीभाईको सहयोग पाईने योग रहेको छ ।

माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने बिपरित लिङ्गको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अरुको सहयोग पाईने तथा आफन्तको विश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेको छ ।

अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय उत्तम रहेको छ ।

साहशीलो काम गरेर लाभ लिन सकिनेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

घरेमै बसेर अध्ययन गर्नाले भनेजस्तो उपलब्धी हाँसिल गर्न सकिनेछ । अध्ययनकै सवालमा गरिने यात्रा भने स्थगित हुनेछ ।

सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट न्युन धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा साथीभाईहरुले काममा बाधा तथा अवरोध गर्नेछन् ।

पढाई लेखाई सुस्त गतिमा अगाडि बढ्नेछ । कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?