कोरोना नियन्त्रणमा राष्ट्रिय बाणिज्य बैंकले दियो १ करोड ३५ लाख

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागिसंघीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन राष्ट्रिय बाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि १ करोड रकम आर्थिक सहयोग प्रदान गरेकोमा थप रकम घोषणा गरेको छ ।

बैंकले ७ वटै प्रदेश सरकारलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व स्वरुपप्रदेश सरकारले स्थापना गरेकाकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित कोषमा जम्मा हुने गरी ५÷५ लाखका दरले हुन आउने ३५ लाख रकम आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

योसँगै कोरोना भाइरस संक्रमण रोकथाममा बैंकको तर्फबाट कूल १ करोड ३५ लाख योगदान पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?