काठमाडौं । प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले असहाय तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु निशुल्क खाद्य सामाग्री वितरण गरेका छन् । उनले विभिन्न बैंकहरुसँगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत आज तेस्रो दिन खाद्य सामाग्री वितरण गरेका हुन् ।
कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथामको लागि नेपाल सरकारले गरेको लकडाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको यस विषम् परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको बिशेष पहल एवं बिभिन्न बैंकहरुसँगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत आज तेस्रो दिन Nepal Human Service Organization Manamaiju रहेका ३० जना, काठमाडौं नव जीवन समाज, फुटुङ काठमाण्डौमा रहेका २० जना यसै गरी पवित्र समाज सेवा टोखामा रहेका ५५ जना र महानगरीय प्रहरी कार्यालयको हटलाईमा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदुरहरु २ जनालाई समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण गरेका छन् ।
मुलुक लकडाउनको यस विषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु (चोरी, डकैति, हत्या, हिंसा,ठगी) रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लक डाउन अवधिभर विहान ९ बजे देखि साझँ ६ बजे सम्म निरन्तर संचालन गरिने समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बताए ।
साथै यस अवधिभर उपत्यकामा अवस्थित कोहि कसैले खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनु हुन समेत प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले अनुरोध गरेका छन् ।
यसअघि पनि डीआईजीपी पोखरेलले चैत १७ एनआइसी एशिया बैंकसँगको सहकार्यमा उपलब्ध भएको खाद्य सामग्री लिएर पोखरेल आफैँ आइतबार साँझ सामाखुसीस्थित मानव सेवा आश्रम पुगेका थिए ।
त्यस्तै, कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लकडाउन नीतिको कारण असहाय, अपांग तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्नगई दैनिक खाना खान समेत मुस्किल परेको यस विषम् परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको विशेष पहल एवं बिभिन्न बैंकहरुसंगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत मानव कल्याण समाज झौखेल, भक्तपुरमा आश्रीत ६३ जना फरक क्षमता भएका, अशक्त,असहाय व्यक्तिहरु, हनुमन्ते कोरिडोर ठीमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरहरुलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख (डीआईजीपी) विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया