मेयर नेपालीले गरे ९ लाख ६५ हजार घरभाडा छुट

काठमाडौं । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले एक महिनाको घरभाडा नलिने भएका छन् । नगरप्रमुख नेपालीले आफ्ना विभिन्न स्थानमा भएका घरहरुको एक महिनाको ९ लाख ६५ हजार बराबरको घरभाडा छुट दिएका हुन् ।

उनले आफ्नो फेसबुकवालमा स्ट्याटस मार्फत कोरोना भाइरसको प्रभावले कसैले पनि काम गर्न नपाएको र उद्योगी व्यापारीले पनि व्यापार गर्न नपाएको अवस्थामा आफूले आफ्ना घरहरुमा भाडामा बस्ने, भाडामा लिएर व्यापार व्यवसाय गर्ने सबैलाई एक महिनाको भाडा छुट गरिदिएको बताएका छन् ।

संकटको समयमा सबैले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने उद्धेश्यले यस्तो निर्णय गरेको उनको भनाइ छ ।

यस्तो छ उनको फेसबुकमा स्ट्याटस :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?