कोरोना नियन्त्रण गर्न स्थानीय तहलाई मुख्यमन्त्री राईको यस्तो निर्देशन

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुटन प्रदेशका सबै स्थानीय तहहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समितिको बैठकमा मुख्यमन्त्री राईले कोरोना भाइरस संक्रमणको आशंकाभएका सबै व्यक्तिको पहिचान गर्न स्थानीयतहहरुलाई निर्देशन दिएका हुन् । उनले विदेशबाट आएका, होम क्वारेन्टाइमा रहेका र क्वारेन्टाइनमा राख्नुपर्नेको तथ्याङ्क संकलन गर्न आग्रह गरे ।

प्रदेश नं १ कोरोना रोकथाम, प्रतिरक्षा र उपचार निर्देशन समितिको अध्यक्ष समेत रहनुभएकामुख्यमन्त्री राईलेकोरोनाको रोकथामकालागि स्थानीयतहको भूमिकाप्रभावकारी र महत्वपूर्ण हुने बताउँदै विशेष हेरचाह गर्नुपर्ने सुत्केरी र गर्भवतीहरु, अपाङ्गता भएकाहरु र दैनिक ज्यालादारीमा काम गर्नेहरुको विवरण संकलन गर्न आग्रह गरे । उनले विपन्न र दैनिकज्यालादारी गर्नेहरुलाई स्थानीयतहले राहतदिन र स्थानीय तहबाट सम्भव नभएप्रदेश सरकारले व्यवस्था मिलाउने समेत बताए ।

बैठकले कोरोना भइरसको विरुद्ध लडन स्थानीयपालिकाहरुको नेतृत्वमा स्थानीय तहमा विभिन्न समिति निर्माण गर्ने, प्रदेशका सबै स्थानीयतहको तथ्याङ्कक संकलन गर्ने, राहात वितरणको कामलाई एकद्वार प्रणालीबाट वितरण गर्ने, स्थानीयतहले तथ्याङ्कहरु दैनिक मुख्य मन्त्री कार्यालयमा पठाउँने, स्थानीयपालिकाहरुसंग नगरपालिकामहासंघ, गाउँपालिका महासंघ, जिल्ला समन्वय समितिहरुले समन्वय गर्नेलगायतका निर्णय गरेको छ ।

लकडाउनको अवधिमा कृत्रिम अभाव हुन नदिन र नागरिकलाई पर्ने समस्याका विषयमा अनुगमन गर्न आर्थिक मामिलातथा योजनामन्त्री इन्द्र बहादुर आङ्वोको संयोजकत्वमा १० सदस्यीय अनुगमन समिति गठन गरेको छ । समतिको सदस्यमा राज्यमन्त्रीहरु, विपक्षी दलका नेता, समाजवादी पार्टी, लिम्बुवान पार्टी र राप्रपाका नेता, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रमुख न्यायधिवक्ता र मुख्यमन्त्रीका आर्थिक सल्लाहाकार रहनु भएको छ ।

कोरोना सम्बन्धि तत्कालको नागरिकलाई राहत, उद्धार गर्नुपर्ने वाउजुरी, गुनासो र सुझावभएप्रदेश सरकारले स्थापना गरेको कोरोेना सुचनाडेस्कमार मोवाइल एप्लिकेशन मार्फत जानकारी दिन समेत बैठकले सबैलाई अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?