१२ वटा चाडपर्वको बिदा कटौती, कुनकुन परे ? (सूचीसहित)

काठमाडौं । सरकारले आउँदो वर्षदेखि विभिन्न १२ वटा चाडपर्वको सार्वजनिक बिदा कटौती गरेको छ । सरकारले २०७७ सालदेखि ती चाडपर्वमा सम्बन्धित समुदाय र निश्चितभेगमा मात्र बिदा दिने निर्णयसहित सार्वजनिक बिदा कटौती गरेको हो ।

उभौली–उधौली पर्व, गौरा पर्व, इद, क्रिसमस डे, तमू ल्होसार, माघे, संक्रान्ति र माघी, सोनम ल्होसार, ग्याल्पो ल्होसार, सिरुवा तथा पावनी पर्व र धवथाम्बु छेउचिक लगायतका पर्वमा सार्वजनिक बिदा कटौती भएको गृह मन्त्रालयले जनाएको छ ।

यी चाडपर्वमा यसअघि सार्वजनिक बिदा हुने गरेको थियो । अब भने चाडपर्वमा सम्बन्धित समुदाय र निश्चित भेगमा मात्र बिदा दिइने भएको छ । २०७७ साल देखि उल्लेखित चाडपर्वमा सार्वजनिक बिदा कटौती गरिएको नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?