अपडेट : हालसम्म एक हजार ६० जनामा कोरोना परीक्षण, ८७ जना आइसोलेसनमा

काठमाडौं – कोरोना भाईरसको आशंकामा हालसम्म एक हजार ६० जनाको परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत डिसेम्बर अन्तिम साताबाट चीनबाट सुरु भएको कोरोना भाईरस विश्वका २०० मुलुकमा फैलिएको छ भने नेपालमा हालसम्म ६ जनामा कोभिड १९ पोजेटिभ देखिएको र ति मध्ये एकजना निको भएर घर फर्किइसकेका छन् । बाँकी ५ जनाको उपचार भइरहेको छ । आज पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले हालसम्म एक हजार ६० जनामा कोरोना परीक्षण गरिएको जानकारी दिएको हो ।
कोरोनाभाइरस संक्रमणको आशंकामा भर्ना भएका ८७ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) को संक्रमण नियन्त्रणका लागि मुख्य तीन रणनीति अघि सारेको छ।सरकारले :

अनिवार्य होम क्वारेन्टाइनमा बस्ने

नमुना परीक्षणको दायर बढाउने

अस्पतालको तयारी र व्यवस्थापन प्रमुख तीन रणनीति अघि सारेको हो ।

सम्मेलनमा २४ घण्टामा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ मा एक हजार ८ सय ६ कलको गुनासो समाधान गरेको जानकारी दिईयो ।

कहाँ पुग्यो ‘कन्ट्रयाक ट्रेसिङ’ ?
यसैबीच पत्रकार सम्मेलनमा कोरोना संक्रमितको ‘कन्ट्रयाक ट्रेसिङ’ सकिनै लागेको जानकारी दिईएको छ ।

कोरोना संक्रमित चारजनामध्ये दुईजनाका नजिकका सबैको ‘कन्ट्रयाक ट्रेसिङ’ सकिएको र बाँकी दुईजनाको पनि ८० प्रतिशत सकिएको बताइएको हो ।

बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेकी बागलुङकी १९ वर्षकी युवतीलाई कोरोना संक्रमण देखिएपछि प्रहरीले सँगै आएकाहरुको खोजी थालेको थियो ।कतार एअरवेजमा युवतीसँगै १५८ जना आएको र जसमध्ये १३४ जना प्रहरी सम्पर्कमा आइसकेका छन् । सो जहाजमा काठमाडौं, रुपन्देही, झापालगायत ४८ जिल्लाका यात्रु सवार रहेको यसअघि प्रहरीले बताएको थियो ।

कोरोना भाइरसको संक्रमणबाट बच्नलाई स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्वपेप्मेन्ट (पीपीई) को दूरुपयोग गरिरहेको प्रति ध्यानाकर्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. खेम कार्कीले पीपीई सामग्री लगाएर सेल्फि फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको भेटिएको भन्दै पीपीई सामग्री सरकारले दुख गरेर ल्याएको कारण यसको दुरुपयोग नगर्न भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?