लकडाउनको आठौँ दिनको काठमाडौं र ललितपुर (फोटोमा हेर्नुहोस्)

काठमाडौं /ललितपुर – गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस कोभिड १९ का कारण यो सामाग्री तयार पार्दासम्म विश्वभर ३८ हजार ७ सय २० को मृत्यु भएको छ । ७ लाख ९९ हजार ६ सय ७७ जना संक्रमित भएका छन् । १ लाख ६९ हजार ९७४ जना निको भएर घर फर्किएका छन् । यो महामारीले सिंगो विश्व प्रभावित पारेको छ । सबैभन्दा धेरै ईटलीमा एघार हजार पाँच सय ९१ जना मानिसको मृत्यु भएको छ । त्यसपछि स्पेनमा ८ हजार एक सय ८९ जनाको मृत्यु भएको छ । आजमात्रै स्पेनमा ४ सय ७३ जना मृतक थपिएका छन् ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले अघिल्लो मंगलवारबाट देशभर लकडाउन गरेको छ । लकडाउनको आठौँ दिन काठमाडौं सुनसान देखिएको छ । हरेक दिन भिडभाड हुने काठमाडौं अहिले सुनसान बनेको छ । त्यस्तै, अरुबेला एकदम व्यस्त र सवारीको चापाचाप हुने काठमाडौंका सडकहरु सुनसान भएका छन् ।आकाश छ्याङ्गै खुलेको छ । हिमाल मुस्कुराएको छ । वातावरण सफा देखिन्छ । घाम चरक्क चर्केको छ । टिटिटुटुको हर्न सुनिदैन । 

सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अति आवश्यकिय सवारी साधन मात्र देखिएको छ । विभिन्न ठाँउमा कोरोनाको आशंकामा मानिसहरु अस्पताल भर्ना भइरहेको समाचारले मानिसहरु त्रसित भइ आफुलाई घरभित्र नै सिमीत गरेका छन् । भने कति मानिसहरु बाहिर हिडिरहेको र प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच ललितपूरको विभिन्न स्थानबाट लकडाउनको नियम उल्लंघन गरी सडकमा गुडाइएका सवारी नियन्त्रणमा लिइएको छ ।
हेर्नुहोस् फोटोमा ।

सरकारले देशैभर ‘लकडाउन’ गरेको छैठौ दिन फेरि आउँदो २५ गतेसम्मको लागि लकडाउन थपेका कारण सडक उस्तै सुनसान छ । सरकारले कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण फैलिन नदिन देशैभर सर्वसाधारणलाई आउजाउमा रोक लगाएको हो । विकसित मूलुकहरुले पनि यो नीति अपनाएका छन् । मानिसहरुलाई अत्यावश्यक सामाग्री किनमेलका लागि विहानको समय दिईएको छ । तर केहि मानिसहरु लकडाउनको अर्थ र आवश्यकता लत्याउँदै सडकमा निस्केको देख्न सकिन्छ । तस्वीरमा हेर्नुहोस् ।

सरकारले हाम्रो जीवन रक्षाको लागि अपनाएको नीति पालना गर्नु हामी सबैको दायित्व हो । आफू पनि जिम्मेवार बनौँ । अरुलाई पनि सजग गराऔँ । सावधान होऔँ । होसीयारी अपनाऔँ ।

    

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?