कोरोना भाइरस : गायिका कनिका कपूरको पाचौँ टेस्ट रिपोर्ट पनि ‘पोजेटिभ’

काठमाडौं । कोरोना भाइरस पोजिटिभ पाएपछि बलिउड गायिका कनिका कपूर २० मार्च लखनउको सञ्जय गान्धी पीजीआई (सञ्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टीट्युट अफ मेडिकल साइन्सेज) मा भर्ना भएकी छन् ।

उनको पाँचौ परिक्षण टेस्ट पनि पोजिटिभ पाइएको छ । तर चिकित्सकहरुले भने उनको अवस्था सामान्य रहेको बताएका छन् ।

इन्स्टिट्युटका निर्देशक डा. आरके धीमानले एक ट्वीट गर्दै कनिका असिम्पटोम्याटिक रहेको तर उनमा कुनै लक्षण देखा नपरेको बताएका छन् । उनको स्वास्थ्य अवस्था भने स्थिर र राम्रो रहेको छ ।

गायिका स्वयंले सोसल मिडियामा आफू ठीक रहेको सूचना दिएकी छन् । उनले भनिन्, ‘म आईसीयु मा छैन, म ठीक छु,आशा राख्छु कि, मेरो अब आउने रिपोर्ट नेगेटिभ आउनेछ । म आफ्ना बच्चाहरुलाई भेट्न आतुर भएकी छु, मलाई उनीहरुको धेरै याद आईरहेको छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?