बार्सिलोनाका खेलाडीले तलब कटौती गर्ने क्लबको प्रस्तावमा सहमति जनाए

कोरोनाका कारण क्लब आर्थिक संकटमा परेपछि बार्सिलोनाका खेलाडीले तलब कटौती गर्ने क्लबको प्रस्तावमा सहमति जनाएका छन् ।
क्लबले खेलाडीको तलबमा ७० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको थियो । सुरुवातमा बढी पारिश्रमिक पाउने खेलाडीले सहमत जनाएपनि कम तलव हुने खेलाडी असन्तुष्ट बनेका थिए । खेलाडी र पदाधिकारीको छलफलपछि खेलाडीले क्लबको अवस्थालाई ध्यानमा राखी ७० प्रतिशत तबल काट्न सहमत भएको बार्सिलोनाले जनाएको छ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबलाई संकट परेको बेलामा खेलाडीले सहयोग गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?