अब बन्ने सरकारले देशमा चमत्कारी विकास गर्छ : प्रचण्ड

चितवन, २२ माघ-  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब बन्ने सरकारले देशमा चमत्कारी विकास गर्ने बताएका छन । नेकपा माओवादी केन्द्र चितवनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै अधक्ष्य प्रचण्डले अबको नेपाल सम्वृद्धि र सुसाशनको हुने बताए उनले एमाले–माओवादी पार्टी एकतालाई भाँड्न विभिन्न प्रयास भइरहेको बताए । अध्यक्ष प्रचण्डले भने, “एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन । त्यस्ता कुनै पनि प्रयन्तलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन हामी प्रतिबद्ध छौँ ।”उनले पार्टी एकता सकरात्मक दिशातर्फ अघि बढिरहेकोले जसरी पनि एकता हुने बताए । त्यस्तै उनले दुवै पार्टीको एकता सम्मान जनक पनि हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?