बाबा रामदेवद्वारा कोरोना नियन्त्रणमा २५ करोड भारु सहयोग

काठमाडौं । योगगुरु बाबा रामदेवको पतन्जली आयुर्वेदले भारत सरकारले स्थापना गरेको ‘पीएम केयर फण्ड’ मा २५ करोड भारु सहयोगको घोषणा गरेको छ ।

सोमबार बाबा रामदेवले भाइरसविरुद्ध लड्कालाई पतन्जलीले सो सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि यो फण्डमा दर्जनौँ भारतीय उद्योगपतिहरुले दान दिइसकेका छन् ।

टाटा समूहले त अन्य उद्योगपतिको तुलनामा निकै धेरै अर्थात १५०० करोड भारु फण्डलाई दिने घोषणा गरिसकेको छ ।

यस्तै बलिउड अभिनेता अक्षय कुमारले पनि २५ करोड भारु दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?