एनआरएनएद्वारा सहयोग रकम संकलन, कसले गरे कति ? (विवरणसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालिन राहत कोषमा १ करोड ८८ लाख जम्मा भएको छ। संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीहको सहयोगार्थ सो रकम जम्मा भएको हो ।

श्रेष्ठले सहयोग लागि विश्वभर छरिएका नेपाली समुदायलाई आग्रह गरेका छन् ।

कोरोना भाइरसका कारणले विदेशमा बस्ने नेपाली मध्य युकेमा २ जनाको मृत्यु भैसकेको छ भने सयौंको संख्यामा संक्रमित भएको आसंका गरिएको छ । संघले विश्वभर छरिएका गैरआवासीय नेपालीहरुको सहयोगको लागि २४ घण्टे स्वस्थ्य हेल्प लाइन समेत शुरु गरेको छ । संघको सबै ८१ देशमा रहेका शाखाहरु महामारी बिरुद्ध लड्न सकृय छन् ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा पर्नु भएका नेपाली दाजुभाई ,दिदीवहिनीहरु ,श्रमिक तथा विधार्थीहरुमा सहयोग गर्ने उद्देश्यले स्थापित “गैर आवासीय नेपाली संघको आपतकालिन राहत कोष”मा हाल सम्म सहयोग गर्ने दाताहरुको नामावली यस प्रकार छ ।

(हाल सम्म उठेको जम्मा रकम : १ करोड ८८ लाख ७ हजार ६०० सय )

१. गैर आवासीय नेपाली संघ कोरिया :  १ करोड ३० लाख

२. गैर आवासीय नेपाली संघ जापान :  ५ लाख

३. गैर आवासीय नेपाली संघ ओमन : ५० हजार २ सय

४. उपेन्द्र महतो ( बेलारुस ):  ५ लाख

५. जीवनाथ लामिछाने (जर्मनी) :  ५ लाख

६. कुमार पन्त (जर्मनी ) : ५ लाख

७. सोनाम लामा (अमेरिका) :  ५ लाख

८. बद्रि केसी (रसिया):  १ लाख

९. मन केसी (अस्ट्रेलिया):  १ लाख

१०. अर्जुन कुमार श्रेष्ठ (बेल्जियम):  १ लाख

११. गौरी जोशी (अमेरिका):  ५ लाख

१२. आरके शर्मा (कतार ) :  २ लाख

१३. महेश कुमार श्रेष्ठ (जापान ): ५ लाख

१४. लोक दाहाल (बेल्जियम ):  १ लाख

१५. गोबिन्द श्रेष्ठ (रोविन्द्र) (जापान ) :  १ लाख

१६. राजेन्द्र अर्याल (साउदी अरब ): १ लाख

१७. दिपक प्रसाद कंडेल (जापान ) : ५० हजार

१८. पुरुसोत्तम बोहोरा ( अमेरिका ) :  १ लाख

१९. लोकनाथ वस्ती ( जापान ):  ५० हजार

२०. राजन त्रिपाठी (अमेरिका ):  ५० हजार

२१. कृष्ण तिमिल्सिना (बेलायत ):  ५० हजार

२२. चन्द्र गुरुङ (बेलायत ) :  १ लाख

२३. टंक लम्साल (जर्मनी ) : रु. ५० हजार

२४. भूमिराज गुरुङ (स्विजरल्याण्ड ) : रु. ५० हजार

२५. अभ्युमन्यु बस्नेत (क्यानाडा ):  १ लाख

२६. अब्दुल बसिद (कतार ):  १ लाख

२७. रमेश भण्डारी (साउदी अरब ):  ३२ हजार (करिव )

२८. नारायण पासवान (साउदी अरब ) :  १० हजार

२९. कुमार कार्की( थाईल्याण्ड ) :  १ लाख

३०. कृष्ण लामिछाने (अमेरिका ):  ५० हजार

३१. प्रमिला बस्नेत (क्यानाडा) : १५ हजार

३२. रादेश पण्डित (अमेरिका ) :  ६० हजार (करिब)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?