धनगढी पुग्यो स्वास्थ्य सामग्री

काठमाडौं । कोरोना रोकथाम र निगरानीका लागि लागि चाहिने आवश्यक स्वास्थ्य उपकरणसहितका सामग्री धनगढी पुगेको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत उक्त सामग्री आज धनगढी पुगेको प्रदेश सरकार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए ।

सामग्रीमा कोरानाका बिरामीको उपचारमा खटिने चिकित्सकले लगाउने एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिआइ, गाउन), ९६० थान मास्क, १० थान थर्मामिटर, पञ्जा र सामान्य मास्क रहेका छन् । यी सामग्री आवश्यक देखिएका जिल्लामा पठाउने व्यवस्था गर्न लागिएको छ ।

कोभिड– १९ बारे ‘वेभ पोर्टल’ :

कोभिड–१९ का बारेमा धनगढी उपमहानगरपालिकाले ‘वेभ पोर्टल’ मार्फत जानकारी दिन थालेको छ । उपमहानगरपालिकामा सञ्चालित सुशासन परियोजनाको समन्वयमा आजदेखि आधिकारिक वेभ पोर्टल प्रारम्भ गरिएको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिए ।

पोर्टल https://dhangadhi.susasan.org/covid19 रहेको छ । पोर्टलमा कोरोना भाइरसको रोकथाम तथा निगरानीलगायतका सम्बन्धमा जानकारी दिन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?