लकडाउनः डिश होमले ग्राहकलाई दियो क्रेडिट सुविधा

काठमाडौं । लकडाउनमा रहेका ग्राहकहरुलाई डिशहोमले उद्यारोमा सेवा दिने भएको छ । डिश होमले १० दिनको क्रेडिट सेवा आफ्ना ग्राहकलाई दिने निर्णय गरेको हो ।

उक्त सेवा अन्तर्गत ग्राहकहरुले रिचार्ज ब्यालेन्स सकिएको अवस्थामा थप १० दिनका लागि टिभि सिंग्नल खुलाउने सक्ने व्यवस्था गरेको छ ।

साथै म्यासेज गर्दा क्रेडिट कस्टोमर आईडी टाईप गरि ३२५०० मा पठाएर ग्राहकले सेवा पाउने डिशहोमले जनाएको छ ।

कोरोना भाइरसको महामारी फैलिएसँगै डिश होमले मोबाइलबाट साधारण एसएमएस पठाएर क्रेडिट सेवा ९अप्ठयारोमा उधारो० दिने प्रक्रिया शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?