पोर्चुगलबाट आएका एक युवा धनकुटा अस्पतालको आइसोलेसनमा

काठमाडौं । पोर्चुगलबाट आएका धनकुटाका एक युवामा उच्च ज्वरो र रुघाखोकी देखिएपछि आज उनलाई धनकुटा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । धनकुटा–८ का ती युवा दुई साता पहिले पोर्चुगलबाट आएका हुन् ।

उनलाई चिकित्सकको निगरानीमा राखेर प्रारम्भीक उपचार भइरहेको छ । बिरामीको जाँचका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब पठाईने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले जानकारी दिए ।

विदेशबाट आएका युवामा यस्तो लक्षण देखिएपछि उनको परिवारलाई पनि निगरानीमा राखिएको छ । परिवारका सदस्यहरुमासमेत स्वास्थ्य समस्या देखिएको हुँनाले उनीहरुलाई निगरानीमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?