काठमाडौंमा कोरोनाका आशंका गरीएका तीन जनाको मृत्यु, रिपोर्ट आउन बाँकी

काठमाडौं । कोरोनाका आशंकामा काठमाडौंमा सोमबार तीन जनाको मृत्यु भएको छ । तीनै जनाको कोरोनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार पाटन अस्पतालमा ३६ वर्षीय पुरुषको मृत्यु भएको हो भने वीर अस्पतालमा एक महिला र अर्का एक भारतीय नागरिकको मृत्यु भएको हो । उनीहरु सबैको रिपोर्ट आउन केही समय लाग्ने र आएपछि सार्वजनिक गरिने पत्रकार सम्मेलनमा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?