नीजि क्षेत्रका सुरक्षाकर्मीलाई आवतजावत गर्न दिन सुरक्षा व्यवसायी संगठन नेपालको माग

काठमाडौं – सुरक्षा व्यवसायी संगठन नेपालले २४ सै घण्टा आलोपालो मिलाई सुरक्षा क्षेत्रमा खटिनुपर्ने सुरक्षा क्षेत्रका व्यक्तिलाई आवतजावतमा सहजीकरणको व्यवस्था मिलाईदिन सरकारसँग माग गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण सिंगो विश्व आतंकीत भइरहेको अवस्थामा यो महामारीबाट बच्न नेपाल सरकारले गत चैत्र ११ गतेबाट लकडाउन घोषणा गरेसँगै उनीहरु कार्यालय नगई नहुने अवस्थामा सवारी साधनबाट आवतजावतमा समस्या आएको भन्दै सुरक्षा व्यवसायी संगठन नेपालले यस्तो माग गरेको हो ।
संगठनको विज्ञप्तीमा भनिएको छ, ”नेपालमा निजी क्षेत्रबाट विभिन्न बैंक तथा वित्तिय संघ, संस्था ,सरकारी, अर्ध सरकारी, उद्योग, कलकारखाना, अस्पताल, होटल, स्कूल, कलेज, कुटनैतिक नियोग, आदि कार्यालयहरुमा २४ सै घण्टा आलोपालो मिलाई सुरक्षा गर्नु पर्ने सुरक्षाकर्मी, कम्पनिका संचालक, कर्मचारीहरु लाई नेपाल सरकारले निजहरुलाई आ-आफ्नो सवारी साधन लिई वा आफ्नो – आफ्नो निवासबाट डियुटीमा आवत जावत गर्न निजहरुको कार्ड हेरी सहजीकरण गराई पाउन नेपाल सरकार संग अपिल गर्दछ ।”

नेपाल प्रहरी, नेपानी सेना र सशस्त्र प्रहरी बल जस्तै नीजि क्षेत्रबाट प्रदान गरिने सुरक्षा सेवा पनि अत्यावश्यक सेवा अन्तरगतको सेवामा पर्ने भन्दै नेपाल सरकारलाई यस्तो अनुरोध भनिएको छ । सुरक्षाको क्षेत्रमा नीजि क्षेत्रबाट सेवा पुर्याउँदै आएको सुरक्षा व्यवसायी संगठन नेपालले नीजि क्षेत्रबाट खटिने सुरक्षाकर्मी कम्पनिहरुलाई आवत जावत गर्नको लागि सहजीकरण गराईदिनुहुन अनुरोध गरिएको सुरक्षा व्यवसायी संगठन नेपालका अध्यक्ष उद्धब राज डल्लाकोटीले लोकपथलाई बताए ।
गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट शुरु भएको भनिएको यो भाइरस हाल सम्म १ सय ९९ देशमा फैलिएको छ । यो समाग्री तयार पार्दासम्म ३४ हजार ७ सय ८० जनाको मुत्यु भएको भने ७ लाख ३४ हजार ४ सय ३५ जना सङ्क्रमित छन् ।

यसले विश्व अर्थतन्त्रमा ठुलो असर पारेको छ । नेपाल पनि यस महामारीको उच्च जोखिममा रहेको डब्लुएचओले जनाएको छ । हिजो मात्रै सरकारले चैत्र २५ गतेसम्मको लागि लकडाउनको म्याद थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?