अत्यावस्यक बस्तु उत्पादन गर्न व्यवसायीलाई उद्योग वाणिज्य महासंघको यस्तो अपिल

काठमाडौं । कोरोना महामारीको बेला नेपाल उद्योग वाणिज्य महासंघले सबै उद्योग व्यवसायलाई अत्यावस्यक वस्तु तथा सेवा उत्पादनमा सहयोग गर्नका लागि अपिल गरेको छ । साथै अत्यन्त जोखिम मोलेर उद्योग संचालन गरीरहेका उद्योगीहरूले उत्पादन गरेका वस्तुहरू एक जिल्लाबाट अर्को जिल्लामा लैजादा अनेकन समस्या व्यहोर्नु परेकाले आपूर्तिमा संलग्न उद्यमी व्यवसायीहरूलाई आ–आफ्नो स्थानबाट सहयोग पुरयाउन महासंघ स्थानीय प्रशासन र प्रहरी समक्ष अनुरोध समेत गरेको छ ।

लगभग चार महिना अगाडीबाट शुरु भई महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगका कारण यतिखेर नेपाल सहित विश्व नै त्रासदीको अवस्थामा छ । यो संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि अन्य राष्ट्रहरू जस्तै नेपाल पनि पछिल्लो एक सातादेखि नै लकडाउनको अवस्थामा छ । यतिखेर संघीय सहित सवै तहका सरकारहरू, निजी क्षेत्र र आम सर्वसाधारण जनताहरू कोरोना भाइरस नियन्त्रणका लागि आ–आफ्ना तहबाट सवै तागतका साथ लागीरहेको परिस्थिति छ ।

विपतको यस अवस्थामा हामी सवैले आ–आफ्ना जिम्मेवारीहरूलाई निर्वाह गर्न सक्यौ भने यो महामारीलाई समयमै नियन्त्रण गरी देशलाई जतिसक्दो छिटो लकडाउनको अवस्थाबाट मुक्त गर्न सकिने महासंघको विश्वास रहेको छ ।

यतिखेर मुलुकभित्र आर्थिक गतिविधि ठप्प छ । तथापी पनि हामीले अत्यावश्यक वस्तुहरूको आपूर्तिमा विशेष ध्यान दिनै पर्छ । संकटको यस घडिमा अत्यावश्यक वस्तुहरू जस्तो खाद्यान्न, औषधि लगायतका वस्तुहरू उत्पादन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुरयाउन नसकेमा मुलुक अझै ठूलो समस्यामा पर्न जानेमा कसैको दुईमत हुंदैन । यस अवस्थामा उद्योग व्यवसाय संचालन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुरयाउने काममा तपाई श्रमिक कामदारहरूको भूमिका अझ बढी महत्वपूर्ण हुने र मुलुकलाई कठिन पर्दाका बखत सदैव अग्रभागमा रहेर तपाईहरूले विगतमा निर्वाह गर्नुभएको भूमिकाको महासंघ मुक्त कण्ठले प्रशंसा गरेको महासंघले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?