काठमाडौं । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादवले किसानको खेति किसानीमा बाधा अवरोध नगर्न आग्रह गरेका छन् । कोरोना (कोभिड–१९) भाइरस संक्रमणको माहामारीको मुखमा छौं भने भोलीको लागि पनि खाद्यान्न चाहिन्छ भन्ने हामी सबैले हेक्का राख्नु पर्छ भन्दै उनले किसानको अहिले खेत खेतमा गहुँ, दलहन र तेलहन पाकेर भित्र्याउने बेला भएको अवस्थामा यसमा अवरोध नगर्न उनले अनुरोध गरेका हुन् ।
‘देश र दुनिया अहिले बिश्वब्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको माहामारी फैलिरहेको बेला सरकारले देशमा लकडाउन लागु गरेकोमा त्यसलाई थप एक हप्ता गरी बढाइएको छ, जुन आवश्यक पनि थियो । यस क्रममा खाद्यान्न र अन्य आत्यावश्यक बस्तुको अभाव नहोस भनेर आपुर्ती ब्यवस्था मिलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले पुग–अपुग प्रयास गरिरहेका छन,’ सांसद यादवले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘तर यस बिचमा गाउँका किसानहरुको खेति किसानीमा बाधा अवरोध पुर्याइएको गुनासोहरु प्राप्त भएका छन् । अन्न उत्पादन गर्ने अन्नदाता किसानको काममा बाधा नपुगोस भनेर जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र सूरक्षा बल तथा सबै स्थानीय तहलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’
बालीको कटाई गर्न, दाई गर्न, थ्रेसर चलाउन र बाली भित्र्याउन कुनै पनि बाधा अवरोध नगरियोस् । किसानले जोताइ लगायत प्रयोजनको लागि निश्अवरोध ट्याक्टर लैजान ल्याउन, त्यसको लागि डिजेलको आपुर्ती गर्न र अन्य कृषी गतिबिधि गर्न कुनै पनि हस्तक्षेप नहोस भनेर सम्बन्धीत सबैमा विज्ञप्तिमार्फत आग्रह गरिएको छ । साँथै किसानहरु समेत एक आपसमा शारीरिक दुरी कायम राख्दै, झुण्ड नबनाइक कृषी कर्म गर्न सांसद यादवले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया