तरुण दलका नेता चलाउनेले गरे १ महिनाको घर भाडा मिनाहा

कैलाली । लम्की शाना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तथा तरुण दलका नेता तेज बहादुर चलाउनेले काठमाडौं महानगरपालिका वडा नं १६ मा रहेको आफ्नो घरमा भाडामा बस्दै आएकालाई नेपाल सरकारको आग्रहलाई मान्दै एक महिनाको घरभाडा मिनाहा गर्ने भएका छन् ।

सरकारले गरेको लक डाउनलाई मध्यनजर गर्दै एक महिनाको घरभाडा मिनाहा गर्ने निर्णय गरेको सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । देश संकटमा परेका बेला सबैलाई अप्ठ्यारो परेको र यस परिस्थितिलाई बुझेर नै घरभाडा मिनाहा गरेको बताएका छन् । र अन्य घरधनीलाई पनि छुट दिन अनुरोध समेत गरेका छन्।

उनले केही दिन अगाडि कैलालीको लम्की चौराहामा मानिसहरुको बाख्लो उपस्थिति हुने भएका कारण कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै साना लम्की खानेपानी तथा सरसफाइको अध्यक्षका हैसियतले हातधुन धारा साबुन पनिको ब्यवस्था गर्नुका साथै क्वारेन्टाइनमा राखिएका जनताहरुको लागि खानेपानीको व्यवस्था समेत गरेका थिए।

उनले भने, “अहिलेको अवस्थामा चलाउने जस्तै सबै घर धनीले यसरी घरभाडा मिनाहा गर्न जरुरी समेत रहेको छ ।”

गार्‍हो परिस्थितिमा तेज बहादुर चलाउने जस्तै मनकारी घर धनी भएको अवस्थामा घर भाडामा बस्नेलाई सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?