कोरोना आशंकामा वीर अस्पतालमा भर्ना भएकी एक युवतीको मृत्यु

काठमाडौं । कोरोना संक्रमणको आशंकामा वीर अस्पतालमा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ ।

वीर अस्पतालका अनुसार चन्द्रागिरि नगरपालिका १५ की ती युवतीलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।

उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको नमुना टेकु ल्याबमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?