एनसीसीएस सीप्यान अवार्डको रकम कोरोना राहत कोषमा

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान)ले आयोजना गर्ने यस बर्षको एनसीसीएस सीप्यान क्रिकेट अवार्डको पुरस्कार रकम कोरोना राहत कोषमा राखिने भएको छ । सीप्यानले मुख्य पाँच विधामा ४ लाख ६२ हजार रुपैयाँ बराबरको पुरस्कार रकम बितरण गर्ने तयारी गरेको थियो ।

कोरोनाका कारण स्थगित बनेको अवार्ड कार्यक्रमको पुरस्कार रकम सरकारी राहत कोषमा जम्मा गर्दै अर्को बर्ष अवार्डको नयाँ संस्करण सुरु गरिने सीप्यानले बताएको छ ।

आयोजक सीप्यान र प्रायोजक एनसीसीएस ग्रुपको तर्फबाट सो रकम राहत कोषमा उपलब्ध गराईनेछ ।

विषयमा परिस्थितीमा हामी सम्पूर्ण क्रिकेट खेलाडीहरु पनि संकटको रुपमा देखा परेको कोभिड १९ विरुद्वका राष्ट्रिय अभियानमा मुलुकलाई सहयोग गर्न प्रतिबद्व छौ । सीप्यानका अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

दोस्रो संस्करणको सीप्यान क्रिकेट अवार्ड चैत २१ गते हुने तय थियो । कोरोना भाईरसको प्रभावको कारण देखाउँदै सीप्यानले चैत्र २ गते विज्ञप्ती निकाल्दै अवार्ड कार्यक्रम अनिश्चिकालका लागि स्थगित गरिएको जानकारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?