कोरोना भाईरसविरुद्ध लड्न कोहलीले गरे आर्थिक सहयोग

काठमाडौं । कोरोना भाईरसको महामारीविरुद्ध लड्न भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आर्थिक सहयोग गरेका छन् । भारतीय कप्तान कोहलीले सोमबार सामाजिक संजाल ट्वीटरबाट महाराष्ट्र मुख्यमन्त्री राहत कोषलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

कोहलीले धर्मपत्नी तथा नायिका अनुष्का शर्मा र आफुले सहयोग गरेको बताएका हुन् । तर, कोहलीले कति रकम सहयोग गरेको त्यो भने खुलाएका छैनन् । चीनबाट फैलिएको कोरोनाको कारण भारत पनि प्रभावित भएको छ । भारतमा कोरोनाले २५ जना बढीको मृत्यु भईसकेको छ ।

यस अघि पूर्व क्रिकेटर सचिन तेन्दुलकरले ५० लाख, राष्ट्रिय टोलीका सदस्य सुरेश रैनाले ५२ लाख, अजिन्का रहानेले १० लाख र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ५१ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?