सहयोगको मुडमा रोनाल्डो : पोर्चुगलको अस्पताललाई गरे ५ भेन्टिलेटर सहयोग

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको अस्पताललाई ५ भेन्टिलेटर सहयोग गरेका छन् । कोरोना भाईरसबिरुद्व लड्न रोनाल्डोले पोर्चुगलको अस्पतालमा सो भेन्टिलेटर सहयोग गरेका हुन् । रोनाल्डोले सुरुवातमा आफ्ना एजेन्ट जोर्ज मेन्डेससँग मिलेर चिकित्सा सामान आपूर्तीका लागि सहयोग गरेका थिए ।

उनी बिरामी आमाको हेरचाहका लागि ईटालीबाट पोर्चुगल फर्किएका थिए । तर टिमका सहकर्मीमा कोरोना भाईरसको संक्रमण देखिएपछि रोनाल्डो एकान्तवासमा बसेका थिए । युभेन्ट्सका स्टार रोनाल्डो कोरोना भाईरससँग लड्न पुन आफ्नो देशलाई सहयोग गर्न अगाडी सरेका छन् ।

रोनाल्डोका गृह नगर मदीराका स्वास्थ्य प्रमुखले म्यान्चेष्टर युनाईटेड र रियल मड्रिडका पूर्व स्टारले फेरी सहयोग गरेको पुष्टि गरेका छन् । विश्व कोरोनाबिरुद्व लडिरहेको समय रोनाल्डोले टपलेस फोटो सार्वजनीक गरेपछि निकै आलोचना भएको थियो । तर ३५ बर्षिया फरवार्ड बिपत्तीको समय सहयोगका लागि सधै अगाडी देखिने गरेका छन् ।

उनले सन् २०१५ मा नेपालमा आएको विनाशकारी भुकम्पको समय ५ मिलियन पाउण्ड सहयोग दिएका थिए । बार्सिलोनाका स्टार लियोनल मेस्सी र म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले समेत स्पेनमा कोरोनाबिरुद्वको लडाँईमा बेग्ला बेग्लै करिब ९ लाख १४ हजार पाउण्ड सहयोग गरेका छन् ।

भर्खरै मात्र क्लबको आर्थिक संकटमा सहयोग पुर्याउने उद्वेश्यले रोनाल्डो सहित युभेन्ट्सका खेलाडीहरु चार महिनाको तलब छाड्न सहमत भएका छन् । युरोपमा ईटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ ।

युभेन्ट्सका ड्यानिली रुगानी, पाउलो ड्याबाला र ब्लाइज मटुडीमो कोरोनाको संक्रमण देखिएको पुष्टि भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?