त्रिवि क्रिकेट रंगशालामा कार्यरत सेते दाईको निधन

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट रंगशालामा कार्यरत कर्मचारी जयबहादुर तामाङ (सेते दाई) को निधन भएको छ ।

सोमबार बिहान काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा तामाङको निधन भएको हो । उनी विगत १५ वर्षदेखि त्रिवि मैदानमा काम गर्दै आएका थिए । मृगौलामा समस्या देखिएपछि उनी पछिल्लो दुई हप्तादेखि वीर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

आर्थिक अवस्था कमजोर रहेको कारण उनलाई क्रिकेट सम्बन्धि सरोकारवालाले आर्थिक सहयोग गर्दै आएका थिए । उनको निधनमा नेपाल क्रिकट संघ (क्यानले) श्रद्धाञ्जली व्यक्त गरेको छ । नेपाली क्रिकेटमा तामाङले पुर्याएको योगदानको कदर गर्दै क्यानले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?