देशका विभिन्न ठाँउबाट १३३ जना पर्यटकको उद्धार

काठमाडौं । कोरोनको कारण देशका विभिन्न ठाँउमा अलपत्र परेका १३३ विदेशी नागरिकहरुलाई आइतवार उद्दार गरिएको छ ।

नेपाल भम्रणमा आएका र सरकारले लकडाउनको घोषणा गरेसँगै अलपत्र परेका नागरिकलाई उद्धार गरि काठमाडौं ल्याउने तयारी गरेको थियो । लगतै त्यससँगै नेपालको विभिन्न ठाँउमा अलपत्र परेका पर्यटकहरुको उद्दार गरिएको नेपाल पर्यटन बोर्डको जनाएको छ ।

बोर्डका अनुसार आइतबार १३३ विदेशी नागरिकको उद्धार गरिएको छ। त्यसैअनुसार ६८ जना व्रिटिस, ४४ अमेरिकन र २१ दक्षिण कोरियाली नागरिकको उद्धार गरि काठमाडौं ल्याइएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?