काठमाडौं, २२ माघ । प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ । बैठक विहान ११ बजे जिल्ला समन्वय समिति मोरङको हलमा बस्ने कार्यक्रम रहेको छ सातवटा प्रदेशमध्ये ५ वटाको पहिलो बैठक सम्पन्न भइसकेको छ भने आज दुई वटा प्रदेशको प्रदेशसभाको बैठक बसेपछि सबै प्रदेशमा पहिलो बैठक सकिनेछ माघ १८ मा प्रदेश १ को बैठक बसेको थियो भने आइतबार प्रदेश २, ५, ६ र ७ को बैठक बसेको थियो प्रदेश १ को विराटनगरमा बस्ने बैठकको अध्यक्षता जेष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्नेछन् आजैको बैठकले सभामुख निर्वाचनको कार्यतालिका तय गर्नेछ । प्रदेश १ मा सभाुमखको निर्वाचन माघ २९ मा गर्न दलहरु यसअघि नै सहमत भइसकेकाले बैठकले त्यसलाई औपचारिकतामात्रै दिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया