काठमाडौं, २२ माघ । ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ गएराति १०ः४५ बजे बा २९ प ३९९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार भोजपुर सेताङ घर भई हाल सातदोबाटो बस्दै आएका २९ वर्षीय गणेश तिवारीको मृत्यु भएको हो दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा वी.एण्ड.वी अस्पतालमा राति नै मृत्यु भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ टाउकोमा चोट लागेर घाइते भएका मोटरसाइक चालक, ओखलढुंगा सिंहदेवीका ३३ वर्षीय प्रेमबहादुर कार्कीको सोही अस्पतालमै उपचार भइरहेको छ चालकले मदिरा पिएर तीव्र गतिमा मोटरसाइकल चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया