प्रदेश ४ को पहिलो संसद बैठक आज, यस्ता छन् एजेन्डा

पोखरा, २२ माघ । प्रदेश नम्बर ४ को प्रदेशसभाको पहिलो बैठक सोमबार पोखरामा बस्दैछ । प्रदेश सभाको बिहान ११ बजे पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा बस्ने बैठकमा सहभागी हुनका लागि सबै प्रदेश सांसद पोखरा आइपुगेका छन् प्रदेशसभाको बैठकको आइतबार पूर्वअभ्यास समेत गरिएको थियो । प्रदेश नम्बर ४ मा ३६ प्रत्यक्ष र २४ जना समानुपातिक गरी ६० जना सांसद रहेका छन् प्रदेश ४ मा पनि वाम गठबन्धनकै बहुमत रहेको छ । सो प्रदेशमा एमालेका २७ सांसद रहेका छन् भने काँग्रेसका १५ र माओवादीका १२ जना सांसद रहेका छन् । यस्तै नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाका ३ र एक स्वतन्त्र सांसदको रुपमा मनाङबाट निर्वाचित दिपक मनाङे छन् तर, कर्तव्य ज्यानमुद्दामा अदालतले ५ वर्ष जेल सजायको फैसला सुनाएपछि मनाङेले सांसदको रुपमा शपथ समेत लिएका छैनन् । उनी हाल फरार रहेका छन् प्रदेश सभाको बैठकमा प्रदेशसभा बैठक आह्वान गरेको प्रदेश प्रमुखको पत्र पढेर सुनाउनुका साथै सबै दलका सांसदले सम्बोधन गर्ने, अन्तरिम कार्यविधि पारित गर्ने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्षमण्डल गठन गर्ने कार्यसूची रहेको छ यस्तै प्रदेश सभा बैठकले सभामुख र उपसभामुखको निर्वाचनको मिति समेत तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?