सरकारको निर्णयः इन्टरनेट र डाटा प्याकमा २५ प्रतिशत छुट

काठमाडौं । आइवार बसेको मन्त्रिपरिषद् बैठकले इन्टरनेट र डाटा प्याकमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । कोरोना भाइरसले उत्पन्न असहज परिस्थितिलाइ मध्येनजर गर्दै अन्य विभिन्न राहत प्याकेज घोषणा गरको छ ।

खाद्य र साल्ट ट्रेडिङले बिक्री गर्ने खाद्यान्नमा १० प्रतिशत छुट ,निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने, पर्यटन र यातायात व्यवसायीले ०७६ पुस मसान्तपछिको किस्ता नतिरे पनि नयाँ कर्जा पाउने, पर्यटन र यातायात व्यवसायीले ०७६ पुस मसान्तपछिको किस्ता नतिरे पनि नयाँ कर्जा पाउने लगायत सामाजिक प्रतिष्ठानमा सुचिकृत भएका संस्था संस्थाहरुका कर्मचारीलाई एक महिनाको तलव सरकारले दिने भएको छ। सरकारले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको छ ।

आइतबार सरकारको निर्णय सार्बजनिक गर्दै अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले राहत प्याकेज घोषणा गरेका हुन्।

यसैगरि आयकर र भ्याट दाखिला गर्ने म्याद बैशाख २५ सम्म थपियो, अग्रिम कर ढिला तिर्दा जरिवाना नलाग्ने, सामाजिक सुरक्षा कोषका योगदानकर्ताको चैतको रकम सरकारले व्यहोर्ने जस्ता निर्णयका साथ सरकारले ५० लाखबढीको गाडी आयात गर्न नपाइने, सुन आयातमा १० किलो सीमा जस्ता बन्देज पनि लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?