पर्यटन क्षेत्रसँग सम्बन्धित सबै श्रमिकलाई चैत महिनाको तलब दिन सरकारको आग्रह

काठमाडौं । सबैभन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरुले दैनिक वा मासिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई चैत महिनाको पुरै तलब दिनुपर्ने सरकारले निर्णय गरेको छ ।

धेरैजसो होटल, ट्राभल एजेन्सी लगायतका पर्यटन क्षेत्रले कर्मचारीलाई बेतलबी विदा दिएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पर्यटन क्षेत्रमा काम गरेका सबै ट्राभल एजेन्सी होटल लाई चैतको पूरै तलब दिनुपर्ने निर्णय गरेको छ ।

व्यवसाय सञ्चालन नभएसम्मका लागि श्रमिकलाई ज्याला भुक्तानी गर्न प्रतिष्ठानस्तरको कल्याणकारी कोष उपयोग गर्न सक्ने सरकारको निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?