काठमाडौं । नेपालबाट १० दिन अघि भारत गएका एक युवकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार हरियाणा राज्यको पटियाला जिल्लाका ती युवकलाई शनिबार राति कोरोना भाइरसको पुष्टि भएको हो । उनी मार्च १९ मा जहाज चढेर काठमाडौंबाट नयाँदिल्ली गएका थिए । दिल्लीबाट उनी बस चढेर साथीहरूसँग घर गएका थिए । घर गएको केही दिनपछि ज्वरो आएपछि उनी अस्पताल गएका थिए ।
उनी नेपालमा हुँदा नै संक्रमित थिए कि थिएनन् भन्ने खुलाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया