भारतमा अलपत्र रहेका नेपाली सम्झिँदा मन व्याकुल हुन्छ : गगन थापा

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापाले भारतका विभिन्न शहरमा रहेका नेपालीहरुको उद्दारको लागि सरकारसँग आग्रह गरेका छन् ।

त्यहाँ रहेका नेपालीहरुले आफूलाई फोन गरि समस्या बताइरहेको र त्यसले गर्दा मन व्याकुल भएको बताएका छन् । आइतवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद थापाले सरकारसँग आग्रह गरेका हुन् ।

उनले भनेका छन्, “नेपाली दाजुभाइ,दिदी बहिनीको हालत सम्झँदा मन व्याकुल हुने रहेछ। परराष्ट्रमन्त्रीज्यू तत्काल केही पहल गर्न अनुरोध गर्दछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?